प्रधानमन्त्रीको सचिवालयले भन्यो – कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
nepalnews.com · Thu May 07 16:49:43 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको चाप कम गर्दै न्यायपालिकालाई परिणाममुखी र गतिशील बनाउन सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको परिषद् बैठकले कानुन विषयमा विद्यावारिधि गरेका तथा मुद्दा फछ्र्यौटमा उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)