मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुब्लाएको विकास खर्च

annapurnapost.com · Tue Aug 10 05:31:00 GMT 2021

नेपालमा एकातर्फ जनतामा विकास र समृद्धिको आकांक्षा घनिभूत रूपले मुखरित भइरहेको छ

नेपालीमा अब विकास र समृद्धिको युग सुरु हुन्छ भन्ने आशा जागृत भएको छ। संविधान आफैंमा निर्देश (गाइड) गर्ने राजनीतिक दस्तावेज हो। यो स्वयंले केही पनि प्रदान (प्रोभाइड) गर्दैन। संंविधानले आश्वस्त पारेका विषयहरूका लागि मुलतः सरकारले जिम्मेवारी बहन गर्नुपर्छ। शासकीय प्रबन्ध गर्नुपर्छ र अंगहरूको परिचालन गर्नु पर्छ। विकास र समृद्धिको पर्खाइमा रहेका जनताका निमित्त सुरक्षा, न्याय र विकास प्रमुख सरोकारका विषय हुन्। जनताले शीघ्र सेवा तीव्र विकासको अनुभूति गरेमा उक्त सरोकार सम्बोधन भएको ठहर्छ। जनताको यो मनोभावलाई विकासको नक्सा कोर्दा असाध्यै हेक्का राख्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)