पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’
ratopati.com · Thu May 07 17:27:21 GMT 2026

झापा । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो ।
मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)