मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले अमेरिकाबाट एक डलर पनि पाउदैन: उपराष्ट्रपति भेन्स

barnanmedia.com · Wed Jun 17 04:44:02 GMT 2026

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरान–अमेरिका सम्झौताको बचाउ गर्दै इरानलाई अमेरिकाबाट कुनै पनि आर्थिक लाभ नदिइने स्पष्ट पारेका छन् ।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भेन्सले इरानले करिब ३०० अर्ब अमेरिकी डलरको फाइदा पाउने भन्ने दाबीलाई अस्वीकार गर्दै ती सबै कुरा गलत प्रचार भएको बताए ।

उनका अनुसार सम्झौताको आलोचना गर्नेहरू इरान समर्थक प्रचारकर्ताले जस्तै गल्ती गरिरहेका छन् । उनीहरूले इरानले के पाउन सक्छ भन्ने मात्र हेरेका छन्, तर त्यसको सट्टामा इरानले के–के कडा सर्तहरू मान्नुपर्छ भन्ने कुरा नहेरेको उनले बताए ।

भेन्सले स्पष्ट रूपमा भने– ’कुनै पनि अवस्थामा इरानले अमेरिकाबाट एक डलर पनि पाउने छैन ।’

उनले थपे कि यदि इरानले सबै सर्तहरू पूरा गर्छ भने मात्र अमेरिकाले अन्य देशलाई इरानमा लगानी गर्न अनुमति दिनेछ । उनका अनुसार संयुक्त अरब इमिरेट्स जस्ता देशहरूले इरानका परियोजनामा लगानी गर्न सक्छन्, तर त्यो रकम अमेरिकाबाट जाने होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)