सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल
newspolar.com · Wed Jun 17 04:47:40 GMT 2026

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेका छन्।
छलफलमा अधिवेशन सञ्चालन, संसदीय गतिविधि तथा समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको बताइएको छ। मधेस प्रदेशका सांसदहरूले प्रदेश सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए।
सभापति लामिछानेले संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउन दलभित्र र प्रदेशस्तरमा समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
#सभापति रवि लामिछाने
न्यूजपोलार
३ असार २०८३, बुधबार १०:३२
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)