गुजरात डेब्युमै च्याम्पियन
ekantipur.com · Tue May 31 00:51:34 GMT 2022
अहमदबाद — कप्तान हार्दिक पाण्ड्येले ‘डेब्यु सिजन’ मै आईपीएलको उपाधि जितेपछि आउने पुस्ताले गुजरात टाइटन्सबारेमा कुरा गर्ने बताएका छन् । उनको टिमले १ लाख ५ हजार घरेलु दर्शकसामु राजस्थान रोयल्सलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
हार्दिकले ३–१७ को उत्कृष्ट बलिङ प्रदर्शन गर्दै राजस्थानलाई ९ विकेटको क्षतिमा १३० रनमै सीमित पारेका थिए । अहमदबादको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा भएको फाइनल एकपक्षीय भयो । त्यसपछि उनले ब्याटिङ गर्दै ३४ रन पनि बनाए । उनीसँगै सवनम गिल (४५ रन) र डेविड मिलर (३२ रन) को सहयोगमा घरेलु टिमले १ लाख ३२ हजार दर्शक क्षमताको रंगशालामा १८.१ ओभरमै ७ विकेटको जित हासिल गर्यो । विश्वकै सबैभन्दा बनी घरेलु क्रिकेटमा प्रवेशलाई गुजरातले कथाजस्तै गरी पूर्णता दियो । आईपीएलमा यो वर्ष गुजरात र लखनउ सुपर जायन्ट्सलाई थपेर १० टिम पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)