विश्वव्यापी चुनौती बनेको मायोपियाबाट जोगिन जनचेतनामूलक र्याली
ratopati.com · Sun May 24 09:20:41 GMT 2026

काठमाडौँ । विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टम कलंकीले र्यालीको आयोजना गरेको छ ।
आइतबार बिहान ७ बजे दृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौँ, विरंगन्ज र बिर्तामोडमा आयोजना भएको मायोपिया जनचेतना र्यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । मायोपियासम्बन्धी सचेतना र जानकारी व्यापक बनाउन सबै उमेर समूहका नागरिकको सहभागितामा र्याली आयोजना गरिएको सिस्टमले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)