मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व खडेरी तथा मरुभूमीकरणविरुद्ध संघर्ष दिवस आज मनाइँदै

kalakarmi.com · Wed Jun 17 04:29:15 GMT 2026

काठमाडौं- आज विश्वभर विश्व खडेरी तथा मरुभूमीकरणविरुद्ध संघर्ष दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ मा यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउने गरिन्छ ।

यस वर्षको दिवस “चरन क्षेत्रलाई चिनौँ, सम्मान गरौँ र पुनर्स्थापना गरौँ” भन्ने नाराका साथ मनाइँदै छ । बढ्दो मरुभूमीकरण, भूमि क्षयीकरण तथा खडेरीका कारण वातावरण, जैविक विविधता र मानव जीवनमा परेको असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तथा यसविरुद्ध साझा प्रतिबद्धता अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)