हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने
pahilopost.com · Fri May 13 18:11:42 GMT 2022
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि बिहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको उनले जानकारी दिए। १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)