अमेरिकाले युद्ध विराम उल्लंघन गरेको इरानको आरोप, अमेरिकी सैन्य जहाजमा ठुलो क्षति पुर्याएको दाबी
ratopati.com · Thu May 07 21:37:04 GMT 2026

काठमाडौँ । इरानले संयुक्त राज्य अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको गम्भीर आरोप लगाएको छ । इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका एक प्रवक्ताले यसको प्रतिकारमा इरानी सेनाले अमेरिकी सैन्य जहाजहरूमाथि हमला गरी उल्लेख्य क्षति पुर्याएको दाबी गरेका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले जास्क क्षेत्रको इरानी तटीय पानीबाट होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्कर र संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराह बन्दरगाहको पारिपट्टि होर्मुज जलडमरूमध्यमा प्रवेश गरिरहेको अर्को जहाजलाई निशाना बनाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)