प्राध्यापक र कर्मचारीका तीन संस्थाले त्रिविलाई फिर्ता गरे जग्गा, १४ वटाले गरेनन्
onlinekhabar.com · Sun May 24 09:26:05 GMT 2026

१० जेठ, काठमाडौं । प्राध्यापक र कर्मचारीका तीन वटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन् । त्रिविले जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले जग्गा फिर्ता गरेका हुन् ।
नेपाल प्राध्यापक संघका अध्यक्ष रमेश जोशीले त्रिविको पत्रअनुसार जग्गा फिर्ता गरिएको बताए । ‘फिर्ता गरेका छौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)