आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस
nagariknews.nagariknetwork.com · Wed Jun 17 04:52:42 GMT 2026

आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको हो।
मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)