मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रम बालेनको धम्कीले अख्तियार प्रमुख थुरथुर, मारमा महानिर्देशक

bishowkhabar.com · Wed Jun 17 04:59:55 GMT 2026

काठमाडौं– राहदानी छपाइ ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसी पक्राउ परेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान अघि बढाउन आग्रह गरेपछि पक्राउ प्रक्रिया अगाडि बढेको स्रोतहरूको दाबी छ ।

अख्तियारका एक अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा राहदानी छपाइ ठेक्का सम्बन्धी अनुसन्धान तत्काल अगाडि बढाउन दबाब दिइएको थियो ।

यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने अनियमितताबारे सूचना दिएको मात्र हो, धम्की वा हस्तक्षेप नगरेको दाबी गरेको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालयमा ठेक्का फाइल अध्ययन गर्दा अनियमितताको संकेत देखिएपछि अख्तियार प्रमुख प्रेमकुमार राईलाई बोलाएर जानकारी गराइएको थियो ।

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीको जिम्मेवारीभित्र पर्ने भएकाले अख्तियारको ध्यानाकर्षण गराइएको सचिवालयको भनाइ छ ।

विशेष अदालतले मंगलबार अर्याल र केसीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियारलाई अनुमति दिएको छ ।

उनीहरूमाथि ६४ लाख ई–पासपोर्ट छपाइ ठेक्कामा अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

राहदानी विभागले करिब ८ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का जर्मन कम्पनीहरू म्युहलबाउर आईडी सर्भिस र भेरिडासलाई दिएको थियो ।

उक्त ठेक्कामा मिलेमतो र खरिद प्रक्रिया उल्लंघन भएको भन्दै परेको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय