त्रिसाली मेलामा रमाउँदै यासोक
ratopati.com · Thu May 07 22:11:59 GMT 2026

पाँचथर । यहाँको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरू साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्दछ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)