चोरेर अमेरिका पुर्याएको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता
barnanmedia.com · Thu May 07 22:24:25 GMT 2026

काठमाडौँ, २५ वैशाख : काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित टिवेटहाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौँ महानगरलाई समर्पित गरेपछि सो मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)