मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

barnanmedia.com · Thu May 07 22:31:23 GMT 2026

पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि रु ५४ लाख ४४ हजार ४४२ सहयोग गर्नुभएको छ ।

पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३ मा सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)