मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लाम्पाटामा खटाइयो प्रहरी र सशस्त्रको संयुक्त टोली

shilapatra.com · Sun May 24 09:36:05 GMT 2026

लाम्पाटा क्षेत्रमा बाजुरा र हुम्लाबीच विवाद बढेपछि सयुक्त सुरक्षा फौज खटाइएको छ । हिमाली गाउँपालिकाको लाम्पाटा क्षेत्रमा बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराले २५ जना सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन गरिएको जानकारी दिइन् ।

'प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको टोली पठाएका छौँ, टोली बाटोमै छ,' डीएसपी बोहराले भनिन् । जेठ २ गतेदेखि ५ गतेसम्म लाम्पाटामा विवाद भएको थियो । सो क्रममा हुम्लाबाट आएका नागरिकको आक्रमणमा परी छ जना घाइते भएका थिए । रानीसैन गइरहेका पर्यटकलाई पनि अवरोध गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)