थाक्रे गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
kendrabindu.com · Wed Sep 09 04:24:20 GMT 2026

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको १२ किलोमा केही बेर अगाडि सडक माथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केही समय अगाडि सडक माथिबाट आएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो।
सडक माथिबाट पहिरो झर्ने क्रम जारी रहेका कारण माथिबाट ढुङ्गाहरू झरिरहेका कारणले पहिरो पन्छाउन अझै केही समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं बाट बाहिरिने र भित्रिने सवारी सो क्षेत्रमा रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)