जेन–जी आन्दोलनको एक वर्ष : हुम्लाले के पायो, के गुमायो ?
annapurnapost.com · Wed Sep 09 04:20:51 GMT 2026

हुम्ला : सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको युवा पुस्ता (जेन–जी) को आन्दोलनले एक वर्ष पूरा गरेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमनका नाममा बन्द गरेपछि सुरु भएको सो आन्दोलन पछि गएर भ्रष्टाचार, राजनीतिक बेथिति, नातावाद, बेरोजगारी र कुशासनविरुद्धको देशव्यापी विद्रोहमा परिणत भएको थियो। उक्त विद्रोहपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो।
सो निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ७५ मध्ये १ सय ८२ सिट जित्दै स्पष्ट जनादेश हासिल गर्यो। यसलाई आन्दोलनपछिको ठूलो राजनीतिक परिवर्तन मानिए पनि आन्दोलनको मूल्य भने निकै भारी रह्यो। ७६ भन्दा बढी नागरिकले ज्यान गुमाए भने दुई हजारभन्दा बढी घाइते भए। विश्व बैंकका अनुसार यस आन्दोलनबाट देशको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १.३ प्रतिशतबराबरको भौतिक तथा आर्थिक क्षति पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)