मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातलाई हराउँदै चेन्नई पाँचौंपटक आइपिएल च्याम्पियन

farakdhar.com · Mon May 29 23:43:52 GMT 2023

१६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सलाई डक वर्थ लुईस पद्धतिमा ५ विकेटले हराउँदै पाँचौंपटक आइपिएल उपाधि जितेको छ ।

योसँगै चेन्नईले मुम्बई इण्डियन्सको रेकर्ड बराबर गर्‍याे । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । मुम्बईले पनि हालसम्म पाँचपटक आइपिएल ट्रफी उचालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)