मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले र राप्रपामा खैलाबैला हुँदा छटपटिमा शेखर, देउवाविरुद्ध मोर्चा कस्दै

barnanmedia.com · Fri Jul 18 21:29:24 GMT 2025

झापाबाट उदाएका दुई नेता केपी शर्मा ओली र राजेन्द्र लिङ्देन केन्द्रीय राजनीतिमा छन्। प्रधानमन्त्रीसमेत रहेका ओली एमाले अध्यक्ष छन् भने लिङ्देन राप्रपा अध्यक्ष। अहिले यी दुबै अध्यक्षमाथि आफ्नै दलका नेताहरू मोर्चा कसेर लागेका छन्।

राजनीतिक जीवनभर ओली गुटमा अनि त्यही गुटबाट दुईपटक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। उनी सक्रिय राजनीतिमा फर्किएकी मात्र छैनन्, आगामी महाधिवेशनमा ओलीलाई नै चुनौती दिने तयारी छ। भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको बताइरहेका बेला ओलीले शुक्रबार जवाफ दिए, नवीकरण भएको छैन। भण्डारीले पार्टीले कुनै कुनै भूमिका दिने विश्वास गरेकी थिइन् तर आगामी भदौमा हुने विधान महाधिवेशनमा प्रतिनिधित्व नै नगराउने एमाले नेतृत्वको तयारी छ। भण्डारीको बाटो छेक्ने अनि आगामी महाधिवेशनमा ओलीलाई नै अध्यक्ष बनाउनेगरी ७० वर्षको उमेर हद हटाउन थालिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)