संसदमा हाजिरी गरेर टाप कस्ने रास्वपाका सांसदहरूको कारबाही प्रक्रिया कहाँ पुग्यो ?
ratopati.com · Fri Aug 28 12:30:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ । पछिल्लो समय गयल हुनेमा सत्ताधारी सांसदहरू नै बढी देखिन थालेपछि रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले हाजिरी विश्लेषण गर्न आफ्ना सचेतकलाई निर्देशन दिएका थिए ।
प्रतिनिधि सभामा रास्वपाको दुई तिहाइ नजिक सिट छ, तर गणपूरक सङ्ख्या नपुग्दा संसदको बैठक नै प्रभावित हुन थालेपछि बुर्लाकोटीले साउन २२ गते संसद् सचिवालयबाट हाजिरी झिकाइ विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)