विषाक्त ग्यासका कारण चीनको खानीमा उद्धार कार्यमा कठिनाइ
ratopati.com · Sun May 24 10:00:51 GMT 2026

चीन । चीनको एक कोइलाखानीमा भएको शक्तिशाली विस्फोटपछि उद्धार तथा राहत कार्यमा चुनौती थपिएको छ । सान्जी प्रदेशको लिउसेन्यु कोइला खानीमा भएको शुक्रबार भएको उक्त दुर्घटनापछि खानीभित्र फसेका कामदारहरूलाई बाहिर निकाल्ने प्रयास जारी छ । तर विषाक्त ग्यासको उच्च मात्रा र खानीको संरचनागत अवस्थाका कारण उद्धार टोलीलाई भित्र गहिरो भागसम्म पुग्न कठिन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
प्रारम्भिक जानकारीअनुसार खानीभित्र मिथेन ग्यासको स्तर अत्यधिक बढेको छ, जसले विष्फोटको जोखिम थप बढाइरहेको छ । त्यसैगरी, खानीको सुरुङ अत्यधिक गहिरो भएकाले उद्धारकर्मीहरूलाई भौतिक रूपमा पहुँच बनाउन पनि समस्या भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)