मधेस प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
baahrakhari.com · Mon Nov 24 16:59:22 GMT 2025

जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेश सरकारका मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमबार उनले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कात्तिक २३ गते नियुक्त भएका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र ऊर्जा, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)