टोकला चियाको निजीकरणमा खेलाँची, पूरक सम्झौता गरेर सरकारलाई करोडौं नोक्सान
clickmandu.com · Sun May 24 10:06:32 GMT 2026

काठमाडौं । व्यवसायिक घराना त्रिवेणी ग्रुपले पहुँचको भरमा राज्यलाई लाखौं रूपैयाँ नोक्सानी पुर्याएको पाइएको छ । नेपाल चिया विकास निगम निजीकरण पछि उनी निर्देशक रहेको त्रिवेणी ग्रुपले शक्ति र पहुँचको आडमा पूरक सम्झौता गरेर भाडा र त्यसको ब्याजवापतको करोडौं रूपैयाँ नोक्सानी पुर्याएको पाइएको हो ।
सरकारको स्वामित्वमा रहेको यो निगम निजीकरणका क्रममा संघईको ग्रुप त्रिवेणीले किनेको थियो । सन् १९७४ मा पब्लिक कम्पनीको रूपमा स्थापना भएको यो निगमको ६५ प्रतिशत स्वामित्व सन् २००० मा त्रिवेणी ग्रुप (संघाई परिवार) ले खरिद गरेको थियो । बाँकी ३५ प्रतिशत स्वामित्व नेपाल सरकारको छ, जसमा कृषि, अर्थ, उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोगको समान ७/७ प्रतिशत सेयर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)