प्रधानमन्त्री कार्यालयले ह्याकरलाई सम्मान गर्न ल्याएको वेबसाइट डाउन
techpana.com · Wed Jul 08 15:16:06 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको ‘डेभ्स नेपाल’ (डेभलपर केन्द्रित सरकारी वेबसाइट) डाउन भएको छ । केही दिनअघि मात्र ‘सरकारी साइटका कमजोरी पत्ता लगाउने’ ह्याकरलाई सम्मान गर्न परीक्षणका रूपमा सुरु गरेको प्लेटफर्म डाउन भएको हो ।
अहिले वेबसाइट खोल्दा ‘दिस साइट क्यान्ट बि रिच्ड’ भन्ने सूचना देखिन्छ । सामान्यतः डोमेन र होस्टिङबिच कनेक्सन नमिल्दा वा होस्टिङ साइडबाट इरर आउँदा यस्तो सूचना देखिने गर्छ । हुन त सरकारले यसलाई औपचारिक रूपमा सुरु गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)