‘देउवाले ढिला गर्नुहुन्छ तर सही निर्णय गर्नुहुन्छ’
khabarhub.com · Sat Jul 23 01:21:38 GMT 2022
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने निर्णय गरेको छ। निर्णयसँगै वाम गठबन्धनको ढोका बन्द भएको आकलन गरिएको छ। तर, पाँच दलबीच नै सिट बाँडफाड भने निकै जटिल बन्नेवाला छ। स्थानीय तहमा जस्तो साझेदार दलबीच असमझदारी नहोस् भनेर कांग्रेसले निर्वाचनका लागि साझा धारणा बनाउने बाटो खुल्ला गरेको छ। सत्ता साझेदार दलहरुले पनि अब छलफलको प्रक्रिया सुरु हुने बताएका छन्। तालमेल गर्न निर्णय लिएको नेपाली काङग्रेसले आफूले कति सिट लिने र अरुलाई कति सिट दिने तयारी गरेको छ। तालमेलको निर्णय त भयो तर सिट बाँढफाडको व्यबस्थापन कसरी हुन्छ ? नेपाली कांग्रेस भित्रको अर्को समूह जसले गठबन्धनसँग अब तालमेल गरेर अघि बढ्नु हुन्न भन्ने जुन मत थियो, त्यसलाई व्यवस्था गर्दा त्यसको कुनै असर पर्छ कि पर्दैन त ? यस्तै विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सँग धीरज बस्नेत ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)