मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकाकै बाढीपीडितले पाएनन् राहत, भन्छन्, 'सोध्न आउँछन्, राहत लिएर कोही आउँदैनन्'

ratopati.com · Thu Oct 03 18:55:00 UTC 2024

काठमाडौँ। 'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो यो।

'होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।' यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन्, 'ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी ।' काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेकी थिइन् उनी । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि उनले भनिन्, 'अरु पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)