मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिकोणात्मक टी–२० सिरिज : क्यानडाले जित्यो उपाधि

ratopati.com · Thu Oct 03 19:36:00 UTC 2024

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)