निजगढ विमानस्थलसम्बन्धी विज्ञ समूहको प्रतिवेदन एक वर्षपछि अनुमोदन
nayapatrikadaily.com · Fri Nov 10 00:40:00 GMT 2023
देशमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धमा विज्ञ समूहले बुझाएको अध्धय प्रतिवेदन एक वर्षपछि मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहले २ असोज ०७९ मै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।
निजगढ निर्माणको पूर्वतयारीका काम सम्पन्न हुनै लागेका वेलामा सर्वोच्च अदालतले पुरानो प्रक्रिया र काम सबै खारेज गरिदिएको थियो । अर्को अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भए विज्ञ समूहबाट विस्तृत अध्ययन गराई कमभन्दा कम वातावरणीय क्षति हुने गरी निर्माण अगाडि बढाउन सर्वोच्चले आदेश दिएको थियो । सोही आदेशबमोजिम तत्कालीन मन्त्रिपरिषद्ले २६ साउन ०७९ मा गठन गरेको १० सदस्यीय विज्ञ समूहले देशभर अध्ययन गरेर निजगढमै पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त रहेको सुझावसहित प्रतिवेदन बुझाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)