मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग

nagariknews.nagariknetwork.com · Thu Oct 03 15:14:35 UTC 2024

नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ ।

सङ्घले विहिबार एक कार्यक्रमको आयोजनागरी बल्खुका बाढीपीडितका लागि नेपाल चिकित्सक सङ्घमार्फत १० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रहबमोजिम नेपाल–भारतमैत्री सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष ई शैलेन्द्र मोहन झाले बताए । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्लाङ्केट, कम्बललगायत बहुउपयोगी सामग्री रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)