मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोसी र गोलञ्जोरलाई मरिण र दुधौलीको सहयोग

nagariknews.nagariknetwork.com · Thu Oct 03 13:59:16 UTC 2024

सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग रकम सहित पुग्न थालेका हुन् ।

सिन्धुलीको दुधौली नगरपालिकाले सुनकोसी र गोलञ्जोर दुवै पालिकालाई आर्थिक सहयोग सहित डिजेल उपलब्ध गराएको छ । दुधौली नगरपालिकाको नगर कार्यपालिका विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सुनकोसी गाउँपालिकालाई पाँच लाख नगद र चार सय लिटर तेल सहयोग गरिएको दुधौली नगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)