मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा

nagariknews.nagariknetwork.com · Thu Oct 03 15:41:23 UTC 2024

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको दोस्रो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३ -२ को सेटमा पराजित गरेपछि एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो ।

विहिबार भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको छ।एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन रहेको मधेश युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)