स्याङ्जा एमाले अध्यक्षमा गैह्रे
ekantipur.com · Tue Jan 11 16:52:44 GMT 2022
पोखरा — नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । आठौं अधिवेशनअन्तर्गत मंगलबार गरिएको मतगणनामा गैह्रे ४ सय ४० मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले २५७ मत पाए ।
गैह्रेलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पूर्वमन्त्री पद्मा अर्यालको समर्थन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)