गृहमन्त्रीलाई नेकपाको प्रश्न- साधारण मान्छेले खुट्टा भाँच्ने धम्की दिएको भए के गर्नुहुन्थ्यो ?
nepalpress.com · Wed Jun 17 05:55:38 GMT 2026

काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार गैरजिम्मेवार भएको टिप्पणी गरे।
उनले एउटा साधारण मान्छेले खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भए के गर्नुहुन्छ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरे। उनले कानूनको पालना मन्त्रीहरूले पनि गर्नुपर्ने बताए। सरकारकै कारणले देशभर अराजकता बढेको जिकिर गरे।
उनले प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्ति सच्चाउन, रेकर्डबाट हटाउन माग गरे। उनले सभामुखसँग प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)