मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवस सम्पन्न

barnanmedia.com · Thu Oct 03 21:56:45 UTC 2024

तत्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाउने क्रममा २०१८ सालमा गठन भएको न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवसका अवसरमा आज साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष बडा दसैंको घटस्थापनको दिन स्थापना दिवस मनाउँदै आएको भक्तपुर जिल्लाकै सबभन्दा जेठो सामाजिक संस्था खलःले आज साँझ थिमिको निगुपुखूमा साहित्यिक एवं सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महाबिर पुनको किताब बिक्री गरेर सङ्कलित रु दुई लाख ४८ हजार २६० नगद केन्द्रका प्रबन्धक सञ्जय झालाई हस्तान्तरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)