मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानद्वारा भारतीय कम्पनीसँग विशाल नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर

barnanmedia.com · Thu Oct 03 21:59:13 UTC 2024

ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ । यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)