दुई करोड ७२ लाख खर्चेर ‘चार्जिङ स्टेशन’ निर्माण
setopati.com · Fri Dec 06 03:12:00 GMT 2024

पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय चार्जिङ स्टेशन निर्माण भएको छ।
मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा दुई करोड ७२ लाख रूपैयाँ लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा चार्जिङ स्टेशनको उद्घाटन गरे।
स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ।
स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)