मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सांसदले सभामुखलाई सोधे– रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन ?

lokaantar.com

सभामुख डीपी अर्यालको भूमिकाप्रति नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रश्न उठाएका छन् । उनले रास्वपासँग नाभी काट्न नसकेको भन्दै प्रश्न गरे ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै समय लिएर बोलेका यादवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले भारतको भूमि मिचेको बारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएको भन्दै सभामुखलाई आक्षेप लगाएका हुन् ।

'सभामुखज्यूसँग मेरो प्रश्न छ, रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन ?,' यादवले भने ।

यादवको भनाइप्रति रास्वपा सांसद गणेश कार्कीले नियमापत्ति गर्दै नियमावली विपरीतको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यसपछि सभामुख अर्यालले चन्द्रमोहन यादवको शब्दप्रति मेरो ध्यानाकर्षण भएको बताए । 'माननीय चन्द्रमोहन यादवको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु,' उनले भने ।

सभामुख निर्वाचित भएसँगै डीपी अर्यालले पार्टी राजनीतिबाट अलग भएको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)