जेठमा साढे ४६ लाख भेटी सङ्कलन
gorkhapatraonline.com · Wed Jun 17 06:08:45 GMT 2026

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटीबापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)