युवतीमाथि खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागूऔषधसहित पक्राउ
barnanmedia.com · Wed Jun 17 06:03:20 GMT 2026

सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले सोमबार पक्राउ गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डरधम्की दिएको र कुटपिट गरेको देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)