उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
gorkhapatraonline.com · Sun Jul 06 18:13:09 GMT 2025

लुम्बिनी, असार २२ गते । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।
पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)