मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

gorkhapatraonline.com · Sun Jul 06 18:13:17 GMT 2025

काठमाडौँ, असार २२ गते । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)