पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर’
ratopati.com · Sun Jul 06 18:59:00 GMT 2025

तनहुँ। पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल तीनखोले मन्दिर अवस्थित छ । शक्ति पीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ । तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका हुन् । तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्दथे ।
अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताए । पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तीव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको शुक्लागण्डकी–६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिर्सोट सञ्चालन गर्दै आएका उज्वल पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)