सदरमुकामकै विद्यालय आठ महिनादेखि प्रधानाध्यापकविहीन
ekantipur.com · Tue Mar 11 17:27:22 GMT 2025
बागलुङ — दशकदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याइरहेको यहाँको रुद्रे पिपल मावि आठ महिनादेखि प्रधानाध्यापकविहीन बनेको छ । तत्कालीन प्रधानाध्यापक राजेश श्रेष्ठले पदीय मर्यादाविपरीत काम गरेकाले सरुवा गरिएपछि यहाँ कोही आएका छैनन् ।
केही वर्षदेखि यो विद्यालयले अंग्रेजी माध्यममा पनि पढाउन थालेको छ । तर प्रधानाध्यापक नभएपछि विद्यालयको पढाइ र व्यवस्थापनमा असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)