बकुलहर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण: अस्पतालसँग सहमति गरेर किन दिए मेडिकल काउन्सिलमा उजुरी
nepalpress.com · Sun May 24 10:55:03 GMT 2026

चितवन । रत्ननगर नगरपालिकामा रहेको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा वैशाख १० गते भएको सुत्केरीको मृत्यु घटनालाई लिएर परिवारले मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेका छन् ।
अस्पतालमा सकुशल शिशुको जन्म दिएकी २७ वर्षकी अस्मिता तामाङ वि.कको राती एक्कासि रक्तसञ्चारमा समस्या आएर अवस्था जटिल बनेपछि अस्पतालले चितवन मेडिकल कलेज पठाएको थियो । तर, अस्पतालको आकस्मिक कक्षमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
नेपाल प्रहरी