मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ

lokaantar.com

खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् ।

मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् ।

तीन महिनाअघि खिचिएको भिडियो मंगललबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।

उनीहरूबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो । उनीहरूबीच शुरूमा सामान्य चिनजान भएको थियो ।

घटना तीन महिना अघिको भए पनि मंगललबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुर्व्यसनीविरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)