पुस्तान्तरण अस्वीकार गर्ने ठुला दल ‘वृद्धा क्लब’ बन्दै: सुदन किराती
ratopati.com · Mon Nov 24 18:11:00 GMT 2025

ठुला ठुला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए झन्डै भाग नपाएन। प्रधानमन्त्री हुँदा पनि झन्डै भाग नपाएन, हामीले भनेको होइन उहाँकै मुखबाट सुनेको, पाँच मिनेट ढिलो भएको भए बरबाद हुन्थ्यो। लोकतन्त्रको निम्ति लडेका नेताहरू हामीलाई लाग्थ्यो काठमाडौँको धरहरा जस्तै, हेर्दाहेर्दै लिलिपुटको मान्छे जस्तै भए। र आज हामी मात्रै होइन आजभन्दा अगाडि जेनजी विद्रोह भयो, उहाँहरूको नाति नतिना पुस्ताले, हाम्रो पनि छोराछोरी पुस्ताले आज रगतको टाटा हाम्रा छोराछोरीहरूको सडकमा सुक्न नपाउँदै ठुल–ठुला गर्जनहरू सुरु भएका छन्, प्रतिक्रान्तिको आवाजहरू प्रतिध्वनित भइराखेका छन्। कतै कुनै प्रकृतिबाट, कतै कुनै प्रकृतिबाट, जुन बाटो गए पनि पुग्ने मन्दिर एउटै हो, अन्ततः त्यो प्रतिक्रान्ति नै हो। यति ठुलो अझै पनि भन्नुहुन्छ उहाँहरू, यो जेनजी विद्रोह त विदेशीको कारणले भनेर लाज पनि लजाउने गरी अभिव्यक्ति दिइराख्नु भएको छ र यो हाम्रो पार्टी त्यसलाई सम्पूर्ण रूपले खारेज गर्दछ।
आफ्नो कोठा खुल्ला राख्ने, कोठामा धान छर्ने, भकारीलाई नबाँध्ने अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? ४०-३६ वर्षदेखि जनयुद्ध लडेर आएपछि, २० वर्षदेखि राजसत्तामा को छ एकलौटी ? केही मान्छेहरू म्युजिकल चेयर खेलेर देशलाई कङ्गाल बनाएर, देशका दरबाजाहरू फुटाएर चुकुलहरू नलगाएर आफूले देशको स्वाधीनतालाई कमजोर बनाउने अनि विदेशीलाई दोष लगाउने ? पुर्खाले भन्छ, आफ्नो थैली बाँध्नु साथीलाई चोर नलगाउनु। हाम्रा अग्रजहरूले साथीलाई चोर लगाए, थैली बाँधेनन्, यसलाई पनि हामी खारेज गर्छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)