गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा
ratopati.com · Wed Jun 17 06:38:38 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रङ्गमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट बजारमा पठाएको जानकारी दिएको हो।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अगाडि भागमा ३.५ मि.मि. चौडा भएको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्ग देखिन्छ। त्यसैगरी, सगरमाथाको चित्रको दायाँतर्फ रहेको कुबेरको चित्र पनि सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)