जेठ महिनामा २९ सय बढी सवारी साधन दुर्घटना, २ सय १५ जनाको मृत्यु
barnanmedia.com · Sun Jul 06 22:40:28 GMT 2025

गत जेठ महिनाको अवधिमा २९ सय बढी सवारी साधनहरु दुर्घटनामा परेका छन् । आइतबार नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत जेठ महिनाको अवधिमा ४ हजार ४ सय १६ सवारी साधनमध्ये २ हजार ९ सय ११ सवारी साधन दुर्घटनामा परेका हुन् ।
सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझको ६ बजेको समयमा बढी सवारी साधन दुर्घटनामा परेका प्रहरीको तथ्याङ्कले देखाएको छ । यस समयमा १ हजार ७३ सवारी साधन दुर्घटनामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)